पम्फा भुसालको कुराले सेना र प्रहरी अधिकृतका श्रीमती चिन्तित

काठमाण्डु टुडे २०७६ असार २२ गते २२:२२ मा प्रकाशित

काठमाण्डु, २२ असार- सरकार नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी र सशस्त्र प्रहरी श्रीमतीसंघ खारेजीको माग गरेकी छन् ।
उनले श्रीमानको हैसियतमा बनेकी ती श्रीमती संघ सामन्ती पेतिसत्तावादी सोचका उपज भएकाले भंग गर्नुपर्ने बताइन् श्रीमती संघहरु राज्यकै बजेटबाट सञ्चालन भइरहेकाले तत्काल खारेज गर्न माग गरिन् । ‘गणतन्त्रसँग मेल नखाने, राज्यको स्रोत साधनबाट परिचालन हुने यी सामन्ती पितृसत्तावादी संस्थाको यथासिघ्र खारेज गरियोस्’ उनले भनिन् । आइतबार संसदमा विषेश समय लिएर बोल्दै भुसालले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि पितृसत्ताका अंगका रुपमा रहेका श्रीमती संघजस्ता संगठन अस्तित्वमै रहनु दुःखको कुरा भएको बताइन् । भुसालले राजाकी श्रीमती महारानी, छोराछोरी युवराज, अधिराजकुमारी हुने व्यवस्था आफूहरुले फालिसकेको चर्चा गर्दै श्रीमान पदमा भएका कारण श्रीमती अगुवा हुने व्यवस्था सही नहुने टिप्पणी गरिन् ।

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, सशस्त्र प्रहरी श्रीमती संघ, निजामती कर्मचारी श्रीमती संघजस्ता संस्था गणतन्त्रसँग मेल नखाने उनको तर्क थियो । वंशवादमा आधारित पितृसत्तात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थामा आधारित राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको तर, राज्यका महत्वपूर्ण अंग मानिने सेना, प्रहरी र निजामती प्रशासनमा अझै पूरानै वंशवादको धङधङी बाँकी रहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us