
पर्सा, २२ असार– परपुरुषसँगको सम्बन्ध लुकाउन पर्सामा एक महिलाले सासुको हत्या प्रयास गरेकी छन् ।
जिल्लाको कालिकामाईं गाउँपालिका(२ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महराले धारिलो हतियार प्रहार गरी सासुको हत्या प्रयास गरेकी थिइन् । इन्दुले सासु राजपति महराको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकी हुन् ।
प्रहरीले इन्दुलाई पक्राउ गरेको छ । श्रीमतीले आमाको हत्या प्रयास गरेको भन्दै उनका श्रीमान भोजरामले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा बयानका क्रममा उनले आफ्नो परपुरुषसँग अवैध सम्बन्धबारे सासुले सबै थाहा पाएकाले हत्या प्रयास गरेको बताएकी छन् । प्रहरी श्रोतका अनुसार राजमतिले बुहारीलाई एक युवकसँग आपत्तिजनक अवस्थामा फेला पारेकी थिइन् । उनले त्यसबारे छोरालाई बताइदिने भनेपछि इन्दुले सासुको हत्या गर्न खोजेकी थिइन् ।