तयारी नपुगेकाले विषादी परीक्षणबाट पछि हट्नु पर्यो -प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०७६ असार २२ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २२ असार-प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले तयारी नपुगेका कारण विषादी परीक्षण रोकेको बताएका छन् ।
नेकपा संसदीय दलको शनिबार बानेश्वरमा सम्पन्न बैठकमा सांसदहरुले कसको दबाबमा परीक्षण रोकियो भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले प्रक्रिया पूरा नगरी अघि बढेका कारण समस्या भएको प्रधानमन्त्रीको भनाइ थियो ।
हामीले आफ्नो प्रक्रिया पूरा नगरी अगाडि बढिएछ भन्ने महसुश भयो,’ प्रधानमन्त्री ओलीले भने, मन्त्रालयबाट प्रस्ताव आएपछि पुनर्विचार गरेका हौँ । यसमा कुनै दबाब होइन । तयारी नै नपुगेकाले हो ।’
विषादी परीक्षण गर्ने काम सकारात्मक भए पनि त्यही अनुसारका प्रविधि नभएकाले तत्कालका लागि स्थगित मात्रै गरिएको बताउँदै उनले पूर्वाधार तयार पार्ने काम सकिएपछि परीक्षणको काम शुरु गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us