अत्यधिक उत्पादन हुने प्रदेश २ मा आँपको मूल्य आकासियो

काठमाण्डु टुडे २०७६ असार २२ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, २२ असार-आँपको अत्यधिक उत्पादन हुने प्रदेश २ मा यस वर्ष आँपको मूल्य आकासिएको छ । अहिले एकसय रुपैयाँ केजीसम्म बिक्री भइरहेको छ जबकी अन्य वर्षहरुमा यो समयमा १० रुपैयाँ केजीसम्ममा बिक्री हुने गथ्र्यो । अघिल्ला वर्ष जस्तो यसवर्ष आँप फलेको छैन । गाउँगाउँका आँप बगैंचा रित्तै छन् । आँपको उत्पादन घटेसँगै मूल्य ह्वातै बढेको छ ।
बजारमा आँपको बिक्री भइरहेको छ तर सबैजसो आँप भारतबाट ल्याएकोले महँगो भएको जनकपुरधामको आँपको थोक बिक्रेता रहेका रोबिन साहले बताए ।
आँप नफलेपछि किसान मारमा परेका छन्। यसवर्ष जिल्लाका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, वारा, पर्सा र रौतहटसहितका स्थानमा सिजनको सुरुमै मालदह, बमबई आँप प्रतिकिलो सय रुपैयाँभन्दा बढीमा खरिद-बिक्री हुने गरेको छ ।
सुरुमै आँप महँगो भएकाले अन्तिम समयसम्म अझै बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ । थोरै फलेकाले गाउँ-गाउँमा आँप खोज्न जानुपर्छ’, एक व्यापारीले भने, बजारसम्म आँप पु-याउन लागत बढी लाग्ने गर्दा महँगोमा बेच्नु परेको छ ।’
मौसमी असरका कारण यो वर्ष प्रदेश २ मा आँप निकै कम उत्पादन भएको छ । गत वर्ष रूखमा लटरम्म आँप फलेर लाखौंको आँप बिक्री गरेका किसान यो वर्ष निराश भएको धनुषाका किसान गंगाराम यादव सुनाउँछन् । गंगारामले आफ्नो दुई बिघा जग्गामा आँपखेती गरेका छन् । सिँचाइ असुविधा हुँदा अन्य बाली छाडेर आँप लगाएँ’, उनले भने, यस वर्ष त आँप फलेकै छैन् ।’ गत वर्ष उनको बगैंचामा फालाफाल आँप फलेको थियो। सस्तोमै बेचे पनि ७५ हजार आम्दानी भएको उनले बताए । यसवर्ष आफ्नै घरमा खानसमेत नपुगेको उनले सुनाए ।
यसपाली आँपमा मजुरा फूल नै कम लागेको थियो’, जनकपुरधाम उपमहानगरपालिका २५ बभनगामाका मोहम्मद मजिबुलले भने, त्यो पनि हावाहुरीले झा-यो ।’ किसानलाई आँपलाई कसरी हावाहुरी, रोगबाट बचाउनेबारे जनचेतना अभाव रहेको उनले बताए । भगवान भरोसे आँपखेती हुने गरेको उनी सुनाउँछन् । आँप प्रत्येक वर्ष नभएर वर्ष बिराएर फल्ने फलका रूपमा हेर्ने गरिएको उनको भनाइ छ ।
ँगतवर्ष आँप बढी उत्पादन हुँदा सस्तोमा बिक्री भयो, यस वर्ष कम फल्दा बढी मूल्यमा बिक्री हुँदैछ’, अर्का किसान मुकेश झाले भने, बढी फलेको आँपलाई राख्ने ठाउँ सित भण्डार भइदिए किसानलाई राहत हुन्थ्यो ।’ आँपमा लाग्ने रोग नियन्त्रण गर्ने उपाय किसानसँग नहुँदा उत्पादन गर्न समस्या भएको बताए ।
भरतमा पनि यसपाली आँपको कमै उत्पादन भएको छ । त्यहाँ पनि आँपको मूल्य महँगो रहेको व्यापारी रोबिन साह बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us