
डडेल्धुरा, २२ असार– डेल्धुराको परशुराम नगरपालिकाका दुई वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।
अज्ञात समूहले नगरपालिकाको ९ र १० वडा कार्यालयमा आइतबार बिहान शंकास्पद बस्तु राखेको प्रहरीले जनाएको छ । परशुराम–९ का वडाअध्यक्ष रमेश बोहराले बमजस्तै देखिने बस्तु प्लाष्टिकको पोको पारेर कार्यालयको ढोकामा राखिएको बताए ।
यस्तै वडा कार्यालयमा तालाबन्दीमसेत गरिएको छ । परशुराम नगरपालिकाकै ७ र ८ नम्बर वडा कार्यालयमा पनि तालाबन्दी गरिएको छ । उता जिल्लाको आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ । प्रहरीले ती सबै घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको हात रहेको आशंका गरेको छ । यसअघि विप्लव समूहले जनप्रतिनिधिले विकास बजेटमा भ्रष्टाचार गरेको भन्दै जनकारबाही गर्ने चेतावनी दिएको थियो ।