
काठमाण्डु, २१ असार- काठमाण्डुको बबरमहलमा शनिबार साँझ ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार किशोरको ज्यान गएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ स्थायी घर भएका का १९ वर्षीय दीपक थापा छन् । बानेश्वरबाट माइतीघरतिर जाँदै गरेको बा२ज ११८८ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट बानेश्वरतिर जाँदै गरेको बा८३प ४०३५ स्कुटर आपसमा ठोक्किएर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
थापा स्कुटर पछाडि बसेका थिए । उनको घटनास्थलमै ज्यान गयो । स्कुटर चालक काभ्रे पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल उपचार भइरहेको छ । प्रहरीले ट्याक्सी र ट्याक्सी चालक मिलन राईलाई नियन्त्रणमा लिएको छ ।