
हेटौंडा , २१ असार- प्रदेश- ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ ।
कलेजोको क्यान्सरबाट पीडित लामा पत्नी ५८ वर्षीया कान्छीमायाको शनिबार बिहान हेटौंडामा निधन भएको हो । लामाको बौद्ध परम्पराअनुसार चितवनको राप्ती–४ स्थित भवानीपुर गुम्बामा अन्त्येष्टि गरिएको छ । कान्छीमायालाई क्यान्सर भएको गत मंसिरमा पत्ता लागेको थियो । परिवारले उनलाई उपचारका लागि भारतसमेत लगेको थियो । स्वर्गीय लामाका दुई छोरी र दुई छोरा छन् ।