ज्ञानेन्द्रकी छोरीलाई बम्पर उपहारको तयारी !

काठमाण्डु टुडे २०७६ असार २१ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, २१ असार पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।
अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धी उक्त विवाद यसअघि दुईपटक सुनुवाई भएर टुंगिएको थियो । छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us