खोक्ने कर्मचारीलाई ट्रम्पको यस्तो सजाय

काठमाण्डु टुडे २०७६ असार ३ गते १४:०८ मा प्रकाशित

न्यूयोर्क, ३ असार – खोकेको निहुँमा डोनाल्ड ट्रम्पले आफ्ना कर्मचारीलाई निष्कासित गरेका छन् । यो घटना शनिवारको हो ।

जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीलाई अन्तर्वार्ता दिइरहेका थिए । अन्तर्वार्ता दिइरहेका ट्रम्पले शुरुमा अफिसर मिक मुलवानेको खोकी बेवास्ता गरेको भए पनि दोस्रो पटक उनले आक्रोशीत स्वरमा भने ‘मलाई मन पर्दैन् बाहिर जानुस ।’

सामान्यतया कक्षाकोठाबाट विद्यार्थीलाई बाहिर निकाल्ने गरिन्छ । तर डोनाल्ड ट्रम्पले भने व्हाइट हाउसमा काम गरिरहेका सिनियर कर्मचारीलाई खोके कै कारण बाहिर निकालिदिएका थिए । उनले भने ‘खोक्ने भए कोठाबाट बाहिर गएर खोक्नुस् ।’ ट्रम्पको आदेश अनुसार मिक मुलवाने बाहिर निस्के र अन्तर्वार्ता पुनः सुचारु गरियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us