
काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’
ओलीले आज साँझ पाँच बजे पत्रकार बोलाएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पुगेका ओलीले नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन डाकेका हुन् ।
पत्रकार सम्मेलनमा ओलीले हालै सम्पन्न आफ्नो युरोप भ्रमण, विवादित गुठी विधेयक तथा लोकसेवा आयोगको विज्ञापनबारे प्रष्ट पार्ने बताइएको छ ।