प्रनेश गौतमलाई गगन थापाले दिए साथ

काठमाण्डु टुडे २०७६ असार १ गते १३:०० मा प्रकाशित

काठमाण्डु, १ असार – नेपाली कांग्रेसका सांसद गगन थापाले सुचना प्रविधि विधेयकको विरोध गर्दै प्रनेश गौतमलाई चलचित्रको समीक्षा गरेकै भरमा हिरासतमा लिएकोमा विरोध गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा सांसद थापाले सरकारले आफ्नो दम्भ देखाएर जनताको मुख थुन्न खोजेको आरोप लगाए ।

नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दर्दानक बन्दै गएको उल्लेख गर्दै उनले ह्युमरको विधामा चलचित्रको समीक्षा गर्दा केही दिनदेखि हिरासतमा राख्नु आपत्तिजनक भएको बताए ।

सुचना प्रविधि विधेयक र मिडिया काउन्सिलसम्बन्धी विधेयककोले अब चलचित्रकर्मी पनि सुरक्षित नरहेको थापाको भनाई थियो ।

उनले भने, ‘चलचित्रकर्मी साथीहरु त्यसकारणले गर्दा होसियार । तपाईको कथा संवाद गीतमा अब कसैलाई जिस्क्याउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा अब हिरासतमा अब सम्भवत तपाई बस्नुपर्ला । त्यो पनि अब केही दिनका लागि हैन पाँच वर्षका लागि ।’

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्ने असुरक्षित रहे पनि सरकारको अरिंगालहरु भने सुरक्षित रहेको थापाको दाबी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us