भिरबाट लडेर १७ वर्षीया किशोरीको ज्यान गयो

काठमाण्डु टुडे २०७६ असार १ गते १२:५० मा प्रकाशित

बाजुरा, १ असार – बाजुरामा घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।

शनिबार साँझ घास काट्न गएकी बाजुराको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको भिरबाट लडेर मृत्यु भएको हो ।

गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको उनका दाजु दिल्ली पाध्यायले जानकारी दिए ।

उनी बडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us