महिला प्रहरीलाई चक्कु हानेर आगो लगाइयो

काठमाण्डु टुडे २०७६ असार १ गते १२:४६ मा प्रकाशित

एजेन्सी । भारतको केरलमा एक महिला प्रहरी अधिकारीमाथि चक्कुले हमला गरेर उनलाई जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । शनिबारको उक्त हमलामा महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।

उनीमाथि हमला गर्ने ट्राफिक प्रहरीको सिपाही हुन् । घटनाको क्रममा उनीपनि ५० प्रतिशत जलेका छन् ।

आरोपी प्रहरीकर्मी अलप्पुझा मेडिकल कलेजको आईसीयूमा भर्ना छन् । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

मीडिया रिपोर्टका अनुसार ३२ वर्षकी सौम्या पुष्करन सिभिल प्रहरी अधिकारी थिइन् । उनी अलप्पुझा जिल्लाको वल्लिकुन्नम प्रहरी स्टेशनमा तैनात थिइन् ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार सौम्या प्रहरी क्याडेट क्याम्पबाट ड्यूटीपछि घर फर्किरहेका बेला उक्त घटना भएको हो ।

भारतीय संचार माध्यमका अनुसार घटना अघि मावेलिक्करा इलाकेमा आरोपी सिपाही एजाजले सुरुमा उनकी कारलाई स्कूटरले ठक्कर दिए । जब सौम्याले कारबाट निस्किएर भाग्ने कोसिस गरिन् तब आरोपीले उनलाई चक्कुले थुप्रै पटक हमला गरे । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिए ।

सौम्या तीन सन्तानकी आमा थिइन् । श्रीमान् कामको सिलसिलामा विदेशमा भएको बताइन्छ ।

प्रहरीका अनुसार हमलामा सौम्याको तत्काल मृत्यु भयो । महिला अधिकारीको घाँटीमा चाकूको निशान पनि भेटिएको जानकारीमा उल्लेख छ । घटनामा आरोपी सिहापी पनि निकै जलेको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us