
एजेन्सी । साउदी अरेबियाले हालै ओमानको खाडीमा दुई वटा तेल ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ ।
साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानले आफ्नो देश कुनैपनि चुनौतिको सामना गर्न नहिच्किचाउने जनाएका छन् । केही समययता खाडी क्षेत्रमा तनावको अवस्था रहेको छ । गएको महिनामा पनि युनाइटेड अरब इमिरेट्सको खाडीमा चार वटा जहाजमा आक्रमण भएको थियो । सो घटना लगत्तै अमेरिका र इरानबीच भनाभनको अवस्था उत्पन्न भएको थियो ।
पछिल्लो पटक गएको बिहीबार ओमानको खाडीमा दुई वटा तेल ट्यांकरमा आक्रमण भएको हो । अमेरिकाले पनि पछिल्लो आक्रमणमा इरानको संलग्नताको आरोप लगाएको छ भने इरानले अस्वीकार गरेको छ ।
साउदी युवराज सलमानले आफूहरुले यो क्षेत्रमा युद्ध नचाहेको तर देशका जनता र सार्वभौमसत्तामाथि चुनौति आएमा पछि नहट्ने समेत जनाएका बीबीसीले उल्लेख गरेको छ ।