
एजेन्सी । भारतको बिहारमा गर्मी र लू का कारण ७१ जनाको मृत्यु भएको छ । औरंगाबाद, गया र नवादा जिल्लामा गर्मीले ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन् ।
अधिकारीहरुका अनुसार औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको लू का कारण मृत्यु भएको छ । बिहार सरकारले गर्मीका कारण मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ ।
तर जिल्ला अस्पतालहरूले गर्मीका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले सबै मृतकको परिवारलाई चार–चार लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । त्यस्तै बिहारमै सुख्खा खोकीका कारण २० बालबालिकाको मृत्यु भएको छ ।