सातवटै प्रदेशमा आज बजेटः कसको बजेट कस्तो ?

काठमाण्डु टुडे २०७६ असार १ गते ६:३६ मा प्रकाशित

काठमाण्डु, १ असार– सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ ।

प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् । साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us