झारखण्डमा माओवादी आक्रमणमा पाँच प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ३२ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– भारतको झारखण्ड राज्यस्थित सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरीमाथि आक्रमण गरेका छन् ।
प्रहरी सवार गाडीमा भएको आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो । स्थानीय हाट बजारको सुरक्षामा गएर फर्कंदै गर्दा प्रहरी सवार गाडीमा आक्रमण भएको बताइएको छ । गएको एक महिनामा माओवादीबाट भएको यो चौथो आक्रमण हो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us