पूर्व शिक्षामन्त्री पौडेललाई श्रद्धाञ्जली दिन शीर्ष नेता चितवनमा

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १५:५४ मा प्रकाशित

चितवन, ३१ जेठ – नेकपाका शीर्ष नेताहरुले हृदयघातका कारण निधन भएका स्वर्गीय पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिजमणी पोखरेल, नेताहरु वामदेव गौतम, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

पौडेलको आज विहान ७ बजे हृदयघातबाट निधन भएको थियो । नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा पौडेल शिक्षामन्त्री थिए । उनका दुई छोरी र श्रीमती छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us