
काठमाण्डु, २७ जेठ — गुठीसम्बन्धी विधेयकलाई लिएर विरोधमा उत्रिएकामाथि भएको सरकारी दमनपछि प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन् ।
प्रतिनिधि सभामा कांग्रेसको अवरोधपछि सूचना टाँसेर भोलीसम्मका लागि बैठक रोकिएको हो । कांग्रेसको अवरोधपछि १५ मिनेट स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै भोली ११ बजेसम्मका लागि रोकिएको हो ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना निकाल्दै मंगलबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।