काठमाण्डुको बानेश्वरमा भेटियो अवैध बन्दुक र गोली

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २७ जेठ — प्रहरीले राजधानी काठमाण्डुको बानेश्वरबाट अवैध हतियार र केही गोली बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुको टोलीले हतियार बरामद गरेको हो । अर्को व्यक्तिको समेत पिछा गरिएको भन्दै प्रहरीले बरामद गरिएको हतियार र व्यक्तिबारे खुलाएको छैन ।  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us