खाजा खान निस्केकी युवती गोकर्णेश्वरबाट बेपत्ता

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १०:५९ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – काठमाण्डुबाट एक जना किशोरी बेपत्ता भएकी छन् । सिन्धुपाल्चोक घर भएर काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएकी १७ वर्षीया युरिना योन्जन ‘मनिषा’ बेपत्ता भएकी हुन् ।

उनी गत शुक्रबार कोेठाबाट खाजा खान भनेर निस्केकी थिइन् । युरिना जोरपाटीको नयाँ बस्तीस्थित एकता जेम्स कलेजमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

युवतीकी आमा लालमाया योन्जनले जेठ २६ गते छोरी हराएको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी छन् ।प्रहरीले युवती हराएको उजुरी परेसँगै खोजीकार्य जारी राखेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us