
काठमाण्डु, २७ जेठ – ४० जनाबाट करोडौं रकम ठगेर फरार रहेका पर्साका एक अस्पताल सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ का एसिया मेडिकेयर हस्पिटल प्रालिका सञ्चालक सुरज कुमार सर्राफ रहेका छन् । उनले विभिन्न व्यक्ति तथा संस्थालाई ५ करोड ७७ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।
यस्तै वीरगञ्ज महानगरपालिका–१० का नितेश सर्राफ १० लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका सर्राफ रामकेवल मण्डलबाट १० लाख रकम लिएर फरार भएका थिए ।
‘पीडितहरुसँग अस्पताल बनाउन उनले ३६ प्रतिशत ब्याज दिएर समेत ऋण लिएको देखियो,’ पर्साका एसपी सोमेन्द्र सिंह राठौरले भने, ‘अहिले गरेको कागजमात्र हेर्दा १७ करोड तिर्नुपर्ने देखिएको छ ।’
रकम दिनेहरुले पनि चर्को ब्याजमा रकम दिएका थिए ।
चर्को ब्याज पाउने आश पाएर ऋण दिएकाहरु आफ्नो रकम फिर्ता नआउने भएपछि प्रहरीकहाँ पुगेका थिए । त्यस्तै पर्सा १० नितेश सर्राफ पनि पक्राउ परेका छन् । उनले रामकेवल मण्डलसँग १० लाख ठगी गरेका थिए ।