उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको छः मन्त्री यादव

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, २४ जेठ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाण्डुमा आयोजित ‘उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा बोल्दै उनले सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई साकार पार्न पनि उद्योग क्षेत्रको विकासलाई जोड दिनुपरेको स्पष्ट पारे ।

मन्त्री यादवले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us