विप्लवको आतंक बढेपछि गृहमा आकस्मिक बैठक

काठमाण्डु टुडे २०७६ जेठ २० गते १४:५८ मा प्रकाशित

काठमाण्डु, २० जेठ – गृह मन्त्रालयमा आकस्मिक बैठक डाकिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृहले बैठक बोलाएको हो ।

प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन् ।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन् ।

सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली छेस्का पुगिसकेको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको प्रहरी चौकी खाली गराइसकिएको छ । त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ ।

मध्यराति विप्लव माओवादीको ठूलो समूह चौकीमा पुगेको थियो, त्यसबेलासम्म चौकीमा प्रहरी थिएनन् । त्यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us