नेकपाको सचिवालय बैठक किन स्थगित भयो ?

काठमाण्डु टुडे २०७६ जेठ २० गते १४:४९ मा प्रकाशित

काठमाण्डु, २० जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ । १८ गते बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण आजलाई सारिएको थियो ।

आज बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुबीच गृहकार्य नपुगेका कारण भोलि बस्ने गरी सारिएको जानकारी दिए ।

नेकपाले विभागहरुको गठन पोलिटब्युरोको गठन तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड लगायतका एकताका काम टुंग्याउन बाँकी छ । एकताको एक वर्ष पुग्दा पनि एकताका सबै काम सकिएका छैनन् ।

यसअघि आइतबार पनि ओली–प्रचण्डबीच गोप्य छलफल भएको थियो । तर सहमति भने केही हुन सकेन। आज पनि प्रचण्ड र ओलीबीच छुट्टै छलफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us