शक्तिशाली भूकम्प गयाे

काठमाण्डु टुडे २०७६ जेठ २० गते १४:२३ मा प्रकाशित

एजेन्सी । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्याग्नीच्युडको भूकम्प गएको छ ।

मौसम तथा भू–गर्भ विभागका अधिकारीहरुले भूकम्प गएको बताएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो ।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us