मुख्यमन्त्रीको मुटुमा देखियो गम्भीर समस्या

काठमाण्डु टुडे २०७६ जेठ २० गते १३:३३ मा प्रकाशित

काठमाण्डु, २० जेठ – मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई एन्जियोप्लास्टिक गर्ने तयारी भएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका पौडेललाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रले एक हप्ताका लागि आइतबार भर्ना गरेको थियो ।

पौडेलको मुटुको इसिजी गर्दा मुटुमा गम्भीर समस्या भएको चिकित्सकले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार मुख्यमन्त्रीको मुटुको नसा बन्द भएको र हिजो एन्जियोग्राम गर्दा नभएपछि आज एन्जियोप्लास्टिक गरेर उपाचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us