शिक्षकको मनपरी सरुवा रोक्न कांग्रेसको माग

काठमाण्डु टुडे २०७६ जेठ २० गते १२:१० मा प्रकाशित

काठमाण्डु, २० जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शिक्षकहरुको मनपरी ढङ्गले सुरुवा हुने गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।


सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक खाँणले सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरुले विधि र प्रक्रिया विपरित शिक्षाहरुको सुरुवा गरेको बताएका हुन् ।

‘सोलुखुम्बु जिल्लाका विभिन्न पालिकाहरुले विधि र प्रक्रिया विपरित शिक्षाहरुको सुरुवा गरेको पाइएको छ । यस्तो मनपर्दी सरुवा अभिलम्ब सच्याइयोस् । साथै देशभरी नै भइहरेको मनपर्दी सरुवा पनि रोकियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us