शौच गर्न रोकेको बस आफैं गुडेपछि…

काठमाण्डु टुडे २०७६ जेठ २० गते ११:५० मा प्रकाशित

काठमाण्डु, २० जेठ – नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दाङको लमहीस्थित रिहारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

४० जना यात्रेु बोकेर महेनद्रनगर जाँदै गरेको बसका यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै जंगलमा बस रोकेका थिए । त्यहि बेला बस आफैं गुडेर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई उपचार गर्न बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा–६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us