आज पनि मेघ गर्जनसहित पानी पर्ने, सचेत रहन आग्रह
काठमाण्डु टुडे
२०७६ जेठ २० गते १०:१२ मा प्रकाशित
काठमाण्डु, २० जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ ।
केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी जानकारी दिइन् ।
भोलि पनि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ तीन दिनको मौसमी अनुमान:
जेष्ठ २० गते (सोमबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली र बाँकी भू–भागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भू–भागका केही स्थानहरुमा तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
जेष्ठ २१ गते (मंगलबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।
जेष्ठ २२ गते (बुधबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।