बढुवा हुन नक्कली प्रमाणपत्र, गंगालालका इन्जिनियरको यस्तो कर्तुत

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, १९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत इन्जिनियर प्रदीपकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।

बाँसबारीस्थित अस्पतालमा कार्यरत यादवले इलेक्ट्रिसिटी सहायक पदमा नियुक्त भएकोमा बढुवा हुन पेस गरेको प्रमाणपत्र नक्कली प्रमाणित भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले बढुवा हुन पोखरा विश्वविद्यालयबाट जारी भएको ब्याचलर अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंग तहको शैक्षिक प्रमाणपत्र र नेपाल इन्जिनियरिंग परिषद् नक्साल काठमाण्डुबाट जारी साधारण दर्तावाल इन्जिनियरको नामदर्ता प्रमाणपत्र समेत नक्कली पेस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us