छिमेकीलाई हतियार प्रहार गर्ने पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १५:५८ मा प्रकाशित

चितवन, १९ जेठ – जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् ।

उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते कामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका विकलाई सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत १८६ बमोजिम ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us