
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलुका सबा ७ बजे शपथ लिँदैछन् । उनको मन्त्रिमण्डलमा कुन कुन मन्त्री समावेश हुनेछन् भन्ने विषय अझै खुल्न सकेको छैन् ।
मन्त्रीका नाम र उनीहरूको पोर्टफोलियो सबै निश्चित भइसकेको छ । तर यसको रहस्य खुल्न दिइएको छैन ।
मोदी सरकारमा को–को मन्त्ती पर्छन भन्ने यकिन भइसकेको छैन् । तर पनि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह मन्त्रिमण्डलमा अटाउन सक्ने अनुमान गरिएको छ ।
उनी दुई दशकदेखि मोदीको विश्वासपात्र रहँदै आएका छन् । लोकसभा चुनावमा उत्साहजनक भूमिका निकाल्न शाहको खास योगदान रहेको मानिन्छ ।
राजनाथ सिंह, पियुस गोयल, निर्मला सिथारमन, सुरेश प्रभु, स्मृति इरानी, भिके सिंह, रविशंकर प्रसाद र रामविलास पासवान मन्त्रीमण्डलमा यथावत रहने अनुमान गरिएको छ । स्मृति इरानीले ठूलो मन्त्रालय पाउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गठबन्धनमा सामेल दलमध्ये प्रत्येकले एक–एक मन्त्रालय पाउनेछन् । शिवसेना र अकाली दल एक मन्त्रालयमा सहमत भएका छन् । तर, बिहारका मुख्यमन्त्री नितिशकुमारले दुई मन्त्रालय दावी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।