यौनजन्य गतिविधिमा संलग्न सात जना पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, १६ जेठ – यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।

बुधबार राति बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई बिहीबार जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ ।

पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us