
काठमाण्डु, १६ जेठ – मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि भूकम्पपको धक्का अझै रोकिएको छैन् ।