कालिकोटमा विप्लवका कार्यकर्ताले मोटरसाइकलमा आगो लगाए

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १४:३४ मा प्रकाशित

कालिकोट, १३ जेठ – बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन् ।

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका कर्णाली व्यूरो इन्चार्ज सितल बिष्टले पार्टीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै कालिकोटबाट सुर्खेततिर जाँदै गरेका भे ८ प ३५८ र भे ७ प ४८५७ नम्बरका २ वटा मोटरसाइकल सडकमै जलाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी बिनोद शर्माले विप्लव समूहको बन्दलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us