सिमरामा भारतीय ट्रक जलाइयो

काठमाण्डु टुडे २०७६ जेठ १३ गते ११:१३ मा प्रकाशित

सिमरा, १३ जेठ – बाराको सिमरामा रोकिराखेको भारतीय ट्रकमा आइतबार राती अज्ञात समुहले आगजनी गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो ।

ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए ।

आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । ट्रकमा आगो लगाउने व्यक्ति वा समुहको पहिचान नभएको र खोजी भइरहेको प्रहरी निरीक्षक हमालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us