प्रहरीका ४५ एसपीको सरुवा, को कहाँ ?

काठमाण्डु टुडे २०७६ जेठ १२ गते २०:३१ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । सोमेन्द्रसिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा, विश्व पोखरेल मोरङ, दानबहादुर मल्ल चितवन, दानबहादुर कार्की कास्की, जयराज सापकोटा काभ्रे, उमा चर्तुवेदी सिरहा, सविन प्रधान भक्तपुर, सुदर्शन कोइराला धनकुटा, सुदीप गिरी कैलाली, सुदीप राजभण्डारी प्रदेश–१ सशस्त्र प्रहरी गण, सुरेन्द्रप्रसाद मैनाली कल्याण महाशाखा, सुरेन्द्रबहादुर गुरुङ अपराध अनुसन्धान विभाग, सुशीलसिंह राठौर महानगरीय अपराध महाशाखा सरुवा भएका छन् ।

यस्तै सिद्धिविक्रम शाह अपराध अनुसन्धान विभाग, हिमालय श्रेष्ठ अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज, हरिबहादुर पाण्डे इलाम, रमेश थापा प्रहरीको आतंकवाद नियन्त्रण महाशाखा नक्सालमा सरुवा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us