
काठमाण्डु, १२ जेठ – आफूलाई ‘प्रहरी हुँ’ भनी ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी परिसर काठमाण्डुले नियन्त्रणमा लिएको छ ।
महानगरिय प्रहरी परिसर काठमाण्डुले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो ।
३० वर्षीय खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
उनीहरूले वनस्थलीस्थित सनराइज बेकरी सपका सञ्चालकसँग आफूहरू प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले ठगी गरी बैंकमा राखेको १ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।