स्वयम्भूमा जुवातास खेल्ने २० जना पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १४:४४ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – काठमाण्डु महानगरपालिका १५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ४ घर भएका ४६ वर्षीय आनन्द पौडेललगायत १० जनालाई नगद ४० हजार २४५ रुपैयाँ र ३ बुक ताससहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, सोही महानगरपालिका धिमिलोस्थित राजभाइ कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठलगायत १० जनालाई नगद २७ हजार ८१० रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us