राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने सरकारको तयारी

काठमाण्डु टुडे २०७६ जेठ १० गते १५:५२ मा प्रकाशित

काठमाण्डु, १० जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति बनाउने काम भएको बताएका हुन् ।

आयोगको प्रतिवेदनका आधारमा बनाईएको राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्मा पेस भईसकेको भन्दै उनले छलफल पछि छिट्टै टुंगोमा पुर्याउने दाबी गरे ।

राष्ट्रिय शिक्षा नीति पास भएपछि सोही आधारमा विद्यालय र प्राविधिक शिक्षासँग सम्बन्धी र उच्च शिक्षासँग सम्बन्धी दुई विधेयक ल्याउने तयारीमा मन्त्रालय लागेको स्पष्ट पारे ।

उनले संघीय संचरचना अनुसार नै शिक्षाका सम्पुर्ण कार्यालयहरुलाई पुर्न संरचना गरिएको, बाहिर चर्चा गरिए जस्तो दरबन्दी धेरै नभएको तथा सामुदायिक विद्यालयको गुणस्तर उकास्नका लागि प्रयत्न गरिएको स्पष्ट पारे ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि आफुले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेको भन्दै उनले बैठकको निर्णय अनुसार नै प्रक्रिया अघि बढ्ने बताए ।

संविधानको धारा ५१ अन्र्तगत व्यवस्था गरिएका शिक्षा सम्बन्धी नीति र सो को कार्यान्वनय सम्बन्धमा भएका कामकारवाहीबारे जानकारी लिन समितिले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समितिमा बोलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us