
काठमाण्डु, ३ वैशाख– अभिनेत्री दिया मास्केले अब छिट्टै आफ्नै गुरु अनुप बरालसँग लगन गाँठो कस्दै छिन् ।
निर्देशक बरालसँग चिनजान भएको सात वर्षपछि दियाले बिहे गर्न लागेकी हुन् । ‘उहासँग लामो समय सँगै काम गरें । घरमा बिहेको कुरा चल्यो, ‘दियाले भनिन्, ‘दुवैको घरमा एकअर्काको परिचय भयो ।
घरबाट ओके भइसकेपछि हामीले बिहेको निर्णय गरेका हौं ।’ बरालले मात्र आफ्नो रिसाउने स्वभाव नियन्त्रण गर्न सक्ने उनको दाबी छ ।
‘एक–अर्कालाई विपरीत कुराले आकर्षण गर्छ भनेजस्तै सायद अनुप सरसँग त्यो कुरा पाए हुँला’, उनी भन्छिन् । अनुप विवाहित हुन् । उनले श्रीमतीसँग पारपाचुके गरिरहेका छन् ।