राहुलद्वारा हार स्वीकार, मोदीलाई दिए बधाई

काठमाण्डु टुडे २०७६ जेठ ९ गते २१:२९ मा प्रकाशित

एजेन्सी, ९ जेठ– विपक्षी भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा आफ्नो दलको हार भएको स्वीकार गरेका छन् ।


निर्वाचनको अन्तिम नतिजा आइरहेका बेला बिहीबार साँझ दिल्लीमा पत्रकार सम्मेलन गर्दै राहुलले जनता मालिक भएको र उनीहरुको आदेश मान्न आफूहरु तयार रहेको बताए । राहुलले निर्वाचनमा विजयी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । उनले मोदी र भारतीय जनता पार्टीको विचार निर्वाचनमा विजयी भएको बताए । राहुल आफै.ले भने केरलाबाट निर्वाचन जितेका छन् । राहुलले मतपरिणामबाट हतोत्साही नभई सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिए । आफूहरु विचारको लडाईंमा रहेकाले चुनावी हारबाट नडराउन समर्थक र कार्यकर्तालाई उनले अपिल गरे । काँग्रेसले विचारको राजनीति गर्ने र भारतमा विचारमा विश्वास गर्ने धेरै भएकाले एक दिन आफूहरुको जित हुनेमा विश्वस्त रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us