
काठमाण्डु, ९ जेठ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले नभएर भारतीय जनताले निर्वाचन जितेको बताएका छन् ।
लोकसभा निर्वाचनको अन्तिम परिणाम आउनुअघि भारतीय जनता पार्टीद्वारा दिल्लीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै मोदीले महाभारतको युद्धमा श्रीकृष्णजस्तै भारतीय जनता मुलुकको पक्षमा उभिएको टिप्पणी गरे । उनले १ सय ३० करोड भारतीय जनतालाई श्रीकृष्णको संज्ञा दिए । मोदीले लोकसभा निर्वाचन कुनै व्यक्ति वा दल विशेषले नभई भारतीय जनताले लडेको बताए । ‘महाभारत युद्धपछि कसको पक्षमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा श्रीकृष्णले भन्नुभएको थियो–म कसैको पक्षमा छैन । हस्तिनापुरको पक्षमा छु’ मोदीले भने, ‘त्यसै गरी भारतीय जनता पनि भारतको पक्षमा छन् । यो चुनाव कुनै दल वा उम्मेदवारले नभएर जनताले लडेका हुन् ।’
मोदीले भाजपाको जितलाई
फकिरको झोला जनताले भरिदिएको बताए ।