
काठमाण्डु, ९ जेठ – भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले जितेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।
मतगणना जारी रहेकै बेला अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मोदीलाई बधाई दिएका हुन् । मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धन र अन्य पार्टीको कमजोर प्रदर्शन रहेको छ ।
उनले मोदीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन-२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।’