
काठमाण्डु, ९ जेठ – काठमाण्डुको तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको । घटनामा अर्का एकजना घाइते भएका छन् ।
बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलका चालक भने सकुशल छन् ।