
काठमाण्डु, ६ जेठ – कर नतिर्ने व्यवसायीहरुको सूची सार्वजनिक गर्दै मध्यमस्तरीय कर कार्यालयले सात दिने अल्टिमेटम दिएको छ । विभिन्न २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर लामो समयदेखि कर नतिर्नेलाई तत्काल सम्पर्क गर्न सूचनामार्फत् जानकारी गराएको हो ।
कार्यालयले मूल्य अभिबृद्धि कर र आयकर नतिर्ने फर्मको सूचीसहित उक्त सूचना जारी गरेको हो । कार्यालयको सूचनामा हरिनारायण रौनियारकोको नाममा रहेको पप्पु कन्ट्रक्सनलाई पनि कर नतिर्ने सूचीमा रहेको छ ।
यो सूचनाबाट पनि सात दिनभित्र सम्पर्कमा नआए कानूनअनुसाका अन्य प्रक्रिया अपनाएर भएपनि कर असूली गरिने कर प्रशासक झक्कप्रसाद आचार्यले जानकारी दिए ।
पप्पुकै नाममा यसअघि बानेश्वर कर कार्यालय पनि कर नतिरेको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । विभिन्न माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले उक्त सूचना जारी गरिएको कर कर्यालयले जनाएको छ ।