प्रचण्ड संसदीय दलको नेता

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते ४:२८ मा प्रकाशित

prachanda 2काठमाण्डु, ३ बैशाख –एकीकृत माओवादीले संसदीय दलको नेता चयन गरेको छ ।

संविधानसभाको निर्वाचन भएको ६ महिनापछि एमाओवादीले दलको नेता चयन गरेको हो ।

संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतामा चयन गरेको हो ।

त्यस्तै बैठकले गिरिराजमणि पोखरेललाई सचेतक चयन गरेको छ । संसदीय दलको नेता बन्नेबारे एमाओवादीमा विवाद हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us