प्रधानसेनापतिको ‘राम्रो काम’ ले उच्च सैनिक अधिकारी आतंकित

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते ९:२३ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– नेपाली सेनाका जर्नेल, कर्णेलहरुले तल्लो तहको जनशक्ति दुरुपयोग गर्ने गरेको विगदेखिको परम्परा नै हो । सरकारी माने, तलब खाएर हाकिमहरुको घरघरमा सेनाका तल्लो तहमा कार्यरत जवानहरु निजी काममा खटिनु परिरहेको छ ।

उनीहरुले लामो समयदेखि गुनासो पनि गर्दै आएका छन् । सेनाका अधिकृतहरुको घरहरुमा नियमविपरीत सहयोगी (अर्दली) हरु ठूलो संख्यामा राख्ने गरिएको छ । सेनाका अधिकारीहरुको घरमा बाध्यताबस घरेलु कामदारका रुपमा खटिँदै आएकाहरुले ‘रानीसाब’, मैयाँ महारानी, सानु राजाहरुको स्याहारसुसार पनि गर्नै पर्छ । यसका साथै सेनाका कर्णेल, जर्नेलहरुका घरमा खाना बनाउने, भाँडा माझ्ने, बस्तुभाउ हेर्ने, लुगा धुने, सरसफाई आदि काममा रातदिन खटिनुपर्छ । सेनाभित्र धेरै गुनासोको रुपमा रहेको अर्दलीहरु राख्ने परम्परालाई वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले सुधार गर्ने भएका छन् । प्रधानसेनापतिमा थापाको नियुक्तिसँगै नेपाली सेनामा पिगतदेखि रहँदै आएका यस खाले विकृति–विसंगतिमा सुधार ल्याई समग्र संगठनलाई सुधारको योजना अघि सारिएको छ ।
साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us