काठमाण्डुका दुई एसएसपीले भनेः गुन्डागर्दी नियन्त्रण गर्छौं

काठमाण्डु टुडे २०७६ वैशाख २९ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २९ वैशाख – महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले आफूले महाशाखाको शाख झर्न नदिने बताएका छन् ।

महाशाखा र काठमाण्डु प्रहरी परिसरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले आफ्नो कार्यकालमा महाशाखाको साख झर्न नदिने दाबी गरेका हुन् ।

‘यस अघिका महाशाखा प्रमुखहरुले जोगाएको साख झर्न दिन्न,’ थापाले भने, ‘पछिल्लो समय केही उत्कृष्ट काम गर्न नसकेपछि पहिलाको साख जोगाएर राख्छु ।’

थापा ३ दिन अघि महाशाखाको प्रमुख भएर आएका हुन् ।

पत्रकार सम्मेलनमा भर्खरै सरुवा भएर आएका महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल बहादुर थापा र काठमाण्डु प्रहरी प्रमुख उत्तम सुवेदीले आफ्ना भावी योजनाहरु सुनाएका थिए ।

दुबै जना एसएसपीहरुले संठगित रुपमा भइरहेको गुन्डागर्दी नियन्त्रण, आर्थिक अपराध, साइबर क्राइम मुख्य चुनौतिका रुपमा देखिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us